सुनको मूल्यमा वृद्धि

काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।  यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार२०० रुपैयाँमा  कारोबार भएको थियो ।

 चाँदीको भाउ पनि प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.