एकैदिन ५४ अंक बढ्यो सेयरबजार 

काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ ।

बुधबार ३० अंकले घटेकाे शेयर बजार बिहीबार ५४ अंकभन्दा बढेको छ । बिहीबार सेयरबजार बढेसँगै नेप्से परिसूचक दुई हजार आठ सय ५७ दशमलव ७५ अंकले बढेकाे छ ।

शेयर काराेबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिकाे शेयर काराेबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन ।

दिनभर भएका करिब ६६ हजार काराेबारबाट २२४ कम्पनीका १ कराेड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ ।

जसअनुसार काराेबार रक ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर काराेबार भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.