विद्यार्थी एकचोटि छिर्नैपर्ने ठाउँ हो अल्फाबिटा (भिडियोसहित)

अल्फाबिटा ग्रुप स्थापना भएको तीन दशक नाघेको छ ।

यो पिटी,टोफल्स,आयल्स,सिपीयलगायतका   लागि  नेपालकै आधिकारिक टेक्स सेन्टर हो ।

शिक्षा, हेल्थकेयर र हेल्दी फुडलाई प्राथमिकता दिँदै आएको अल्फाबिटा नेपालको हाइक्वालिटी एजेन्सी पनि हो ।  

अल्फाबिटाबाट विश्वका ३०० भन्दा बढी विश्वविद्यालयमा अध्ययनका लागि   विधार्थी  जाने गरेका छन् ।

अल्फाबिटाले विश्वविद्यालयको परिधिभित्र रहेर विद्यार्थी छनोट गर्छ । हाल अल्फाबिटाले विदेश जाने वार्षिक ३० हजार भन्दा बढी विद्यार्थीलाई अंग्रेजी  भाषा प्रशिक्षण र १० हजारभन्दा बढीलाई परामर्श दिँदै आएको छ । 

अल्फाबिटाले प्रशिक्षित गराएका विद्यार्थीमध्ये केही विदेश जान्छन् भने केही स्वदेशमै स्वरोजगार बनेका छन् ।

अल्फाबिटा अरुभन्दा पृथक रहेको बताउँदै अल्फाबिटाका सिइओ दिवाराज शर्मा भन्छन्, ‘हामी विदेश जानेलाई मात्र फोकस नगरी देशमै केही गर्नुपर्छ भन्ने वातावरण बनाउँछौँ । तसर्थ पनि हामी अरुभन्दा पृथक छौँ।’

यसका अलावा अल्फाबिटाले विद्यार्थीको क्षमता मूल्यांकन गरेर सोहीअनुरुप परामर्श दिने गरेको सिइओ शर्माले जानकारी दिए । 

उनले भने, ‘ धेरै विद्यार्थी मैले के गर्दा ठिक हुन्छ छुट्टाउन नसक्ने हुन्छन् । हामी विद्यार्थीको क्षमताअनुसार कुन विद्यार्थी कुन देशका लागि योग्य छ, उसले के गर्दा ठिक हुन्छ भनी परामर्श दिन्छौँ । सोही कुराले हुन सक्छ अल्फाबिटामा विद्यार्थीको राम्रो चाप छ ।’

अल्फाबिटाका सबै कर्मचारी तालिमप्राप्त रहेको बताउँदै उनले स्टाफलाई देशमा मात्र नभई विदेश लगेर तालिम दिने गरेको बताए । ‘त्यही भएर म हाम्रो टिमबाट गल्ली नहुनेमा विश्वस्त छु  । हामी हाम्रो टिमबाट गल्ती नहुने र विद्यार्थीले सही मार्ग पहिल्याउन र सफल हुनेमा  विश्वस्त छौँ,’ शर्माले भने । 

यत्तिका धेरै कन्सलटेन्सी छन्, तर यति धेरै  अल्फाबिटा नै आउनुको कारण के भनी गरिएको प्रश्नमा शर्मा भन्छन् ‘हामीहरुले विधार्थीको चाहना, प्राथमिकता र सुरक्षालाई विशेष ध्यान दिएका छौँ । विद्यार्थीलाई शोषण गर्नुपर्छ ,रङ सूचना दिएर धेरै पैसा लिनुपर्छ भन्ने मान्यताबाट बाहिर छौँ । हामीले विद्यार्थीको आर्थिक स्थिति बुझेर हाम्रो स्वार्थभन्दा विद्यार्थीको स्वार्थलाई ध्यान दिने गर्छौँ । अर्को कुरा हामीले जति विदेश पठाएका छौँ उनीहरुबाट सकारात्मक प्रतिक्रिया आएको छ । त्यही भएर पनि हुन सक्छ विद्यार्थीको रोजाइमा हामी परेको ।’

अल्फाबिटाबाट सबैभन्दा बढी अमेरिका, अस्ट्रेलिया, युरोप ,इन्डियालगायत देशमा विद्यार्थी गएको रेर्कड छ । अल्फाबिटाका पोखरा, झापा, विराटनगरलगायत सात स्थानमा शाखा छन् । 

त्यसैगरी, शर्माले सुर्खेत र भक्तपुरलगायत स्थानमा शाखा खोल्ने तयारी रहेको जानकारी दिँदै अस्ट्रेलियामा शाखा तयारी रहेको जानकारी गराए ।

अन्य सबै ठाउँ गए पनि अन्त्यमा एकपटक आमा बुबासहित अल्फाबिटा पस्न अनुरोध गर्छन् शर्मा ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.