सप्तरी प्रहरीद्धारा विभिन्न स्थानमा सर्वसाधारणलाई माक्स वितरण 

सप्तरी । जिल्लामा तीव्र रूपमा कोरोना भाइरस संक्रमित बढेसँगै सप्तरी प्रहरीले विभिन्न स्थानमा सर्वसाधारणलाई कोभिड १९ को नयाँ भेरियन्टको विषयमा जनचेतनासहित मास्क वितरण अभियान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको आयोजनामा ट्राफिक टोलीसहित जिल्लाको सुरुङ्गा नगरपालिका(४ कदमाहा चोकस्थित पूर्व(पश्चिम राजमार्गमा समुदाय(प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चेतनासहित मास्क वितरण गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जनचेतना मूलक कार्यक्रममा स्थानीय सर्वसाधारण, बुद्धिजीवी, राजनीतिक दलका व्यक्तित्वको उपस्थित रहेको थियो । कार्यक्रममा दुई सय मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार तिलाठी कोईलाडी गाउँपालिका र मंगलबार राजविराज नगरपालिकामा मास्क वितरण गरिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.