लिपुलेक बारे बल्ल बोल्यो कांग्रेस, सडक बानएकोमा आपत्ति जनाउँदै सेना फिर्ता गर्न भारतलाई अनुरोध

काठमाडौं । लिपुलेक-लिम्पियाधुरा-कलापानी क्षेत्रलाई समेटेर नेपाल सरकारले नक्सा सार्वजनिक गरेको एक बर्ष भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनबाट सर्वसम्मत नक्सा पास गर्दै सो क्षेत्रमा भारतीय गतिबिधि हटाउने र जमिन फिर्ताका लागि भारत सरकारसँग आबश्यक पहल गर्ने नेपाल सरकारले निर्णय गर्‍यो ।  

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सो निर्णय भएको थियो ।  त्यस लगतै गठबन्धनको सरकार आयो ।  गठबन्धनको सरकारको लिड गरिरहेको नेपाली कांग्रेस र सभापती तथा प्रधानमन्त्री शेरबहादुर  देउवाले लिपुलेक-लिम्पियाधुरा-कलापानी क्षेत्रको वारेमा प्रस्ट धारणा नराखेको भन्दै आलोचित हुँदै आएका छन् । 

देउबा सरकारले सो क्षेत्रको वारेमा चासो समेत नदिएको भन्दै आलोचना भईरहेको अवस्थामा नेपाली कांग्रेसले सो क्षेत्रको वारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।  

कांग्रेसले एक बिज्ञप्ति सार्वजनिक गर्दै सो क्षेत्र नेपालको भूभाग रहेको बताइएको छ । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले सार्वजनिक गरेको बिज्ञप्तिमा लिपुलेक-लिम्पियाधुरा-कलापानी क्षेत्रमा भारत सरकारले सडक बनाएको बिषयमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।  

 

सो क्षेत्रमा देखिएको समस्यालाई सरकारले कुटनीतिक रुपमा समाधान गर्नुपर्ने र त्यस क्षेत्रबाट भारतीय सेनाहरु फिर्ता हुनुपर्ने समेत कांग्रेसले भनेको छ ।  

कांग्रेस बिज्ञप्ति जस्ताको तस्तै : 

22F09822-9863-41B0-BA76-D90398D054CE.png

© 2021 Quicknepal.com  |  All Rights Reserved.